
उर्लाबारी । स्ववियू निर्वाचनका लागि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले उर्लाबारी बहुमुखी क्याम्पसमा उम्मेद्वार छान्न सकेको छैन ।
निरन्तर रुपमा छलफल गरिरहेको अनेरास्ववियुले आजै उम्मेद्वार टुंगो लगाउने तयारी गरिरहेको छ । अनेरास्ववियुको नेतृत्वमा पाँच विद्यार्थी संगठनको गठबन्धन गरेर जाने निर्णय गरेको अनेरास्ववियुमा आकांक्षी धेरै देखिएकाले अझैसम्म उम्मेद्वार टुंगो लाग्न नसकेको बताइएको छ । स्ववियू सभापतिमा प्रिति दाहाल, भूवन मंग्रावती, गौतमबुद्ध तामाङ र रमेश बरालको आकांक्षा रहेको छ । एमाले उर्लाबारी नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले समन्वय गरेर सर्वसम्मत उम्मेद्वार छान्न पहल गरिरहेको बताइएको छ ।