
उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस स्ववियू सभापतिमा नेविसंघबाट विवेक कार्की उम्मेद्वार बन्ने हुनुभएको छ ।
आगामी चैत्र ५ गते हुने स्ववियू निर्वाचनका लागि सभापतिमा कार्की उम्मेद्वार बन्ने हुनुभएको हो । तर, अन्य पदमा भने टुंगो लागेको छैन । नेविसंघ उर्लाबारी बहुमुखी क्याम्पसमा एकल चुनाबी मैदानमा उत्रिँदैछ । कांग्रेसको भातृ संगठन नेविसंघले अहिलेसम्म उर्लाबारी बहुमुखी क्याम्पसमा सभापति जित्न सकेको छैन । यस पटक निर्वाचन जित्ने नेविसंघको दाबी छ ।