
उर्लाबारी । नेपाल विद्यार्थी संघ उर्लाबारी बहुमुखी क्याम्पस इकाई समितिले उर्लाबारी–७ को नमूना बाल गृहमा होली कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश सह–महामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यता एबं इकाई कार्यवहाक सभापति भूपेन काफ्लेको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । सो अवसरमा नेविसंघले बाल गृहमा आश्रित बालबालिकाहरुलाई विहानको खानासमेत खुवाएको नगर सभापति विवेक कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा बाल गृहकी अध्यक्ष मिनादेवी बराल, नेविसंघ मोरङ सदस्य तिलक पौडेललगायतले बोल्नुभएको थियो ।