
उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्ववियू निर्वाचनका लागि ६ वटा विद्यार्थी संगठन दर्ता भएका छन् ।
पहिलो नम्बरमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, दोस्रो नम्बरमा नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, तेस्रोमा जनता समाजवादीनिकट समाजवादी विद्यार्थी युनियन, नेपाल दर्ता भएको छ । त्यस्तै, चौथो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, पाँचौमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र छंैठो नम्बरमा नेकपा एकीकृत समाजवादीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन दर्ता भएको प्रमुख निर्वाचन आयुक्त हस्तबहादुर भट्टराईले जानकारी दिनुभएको छ ।