उर्लाबारी । मोरङको उर्लाबारीस्थित सप्तकोशी आवासीय अंग्रेजी माध्यमिक विद्यालयका खेलकुद कार्यक्रम–२०७९ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालययका संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईको सभापतित्व र प्याब्सन उर्लाबारी नगरअध्यक्ष दिनेश पोख्रेलको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।


आइतबार विद्यालय परिसरमा आयोजित सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिनुका साथै मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोवल बढाउनुका साथै शिक्षातर्फ जागृत गराउने कुरा उल्लेख गर्नुभयो । विद्यार्थीहरूमा भएको प्रतिभाको प्रष्फुटन गर्ने उद्देश्यले विद्यालयले वर्षेनी खेलकुद कार्यक्रम गर्दै आएको विद्यालयका प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय