
उर्लाबारी । सहिद सप्ताह अन्तरगत नेकपा (माओवादी केन्द्र) भातृ संगठन वाईसीएल नेपाल उर्लाबारी नगर कमिटीले सरसफाई कार्यक्रम गरेको छ ।
आज उर्लाबारी–४ को बक्राहा घाट सरसफाईको साथै सचेतना कार्यक्रम गरिएको केन्द्रीय सदस्य दिपक आले मगरले जानकारी दिनुभयो । स्वच्छ र सफा उर्लाबारी बनाउनु सबैको दायित्व भएकाले जथाभाबी फोहोर मैला नफ्याक्न पनि उहाँले अनुरोध गर्नुभयो । सरफाई कार्यक्रममा वाईसीएल नेपाल उर्लाबारी नगर कमिटीका नगर सचिब हरिशचन्द्र दुराल, नेकपा माओवादी केन्द्र उर्लाबारी नगर सदस्य दिनेश दाहाल,अखिल क्रान्तिकारी मोरङ अध्यक्ष नगेन्द्र घिमिरे, उर्लाबारी बहुमुखी क्याम्पस अध्यक्ष थानेश्वर अधिकारी (आकाश)लगायतको सहभागिता रहेको थियो ।