उर्लाबारी । होलीको अवसरमा मोरङको मिक्लाजुङ–३ नेसेलुङ पर्यटकीय क्षेत्रमा बृहत सांगितिक कार्यक्रम गरिने भएको छ ।
याक्थुङ समाज, मिक्लाजुङ र निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण समितिको संयुक्त आयोजनामा फागुन २२ गते सोमबार उक्त कार्यक्रम हुने भएको मिक्लाजुङ याक्थुङ समाजका अध्यक्ष खगेन्द्र मादेनले जानकारी दिनुभएको छ । सो कार्यक्रममा गायिका सबिना योङ्हाङ लिम्बू, चुप्पी डनलगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने उहाँको भनाई छ । उक्त कार्यक्रमको सह–आयोजकमा टाँडी युवा क्लब, सिरिजंगा युवा क्लब र युथ क्लब टाँडी रहेको छ । भब्य र सभ्य तरिकाले होली पर्व मनाउने तयारी भइरहेको टाँडी युवा क्लबका अध्यक्ष महेन्द्र थेगिम लिम्बूले जानकारी दिनुभयो । डिजेसहित डान्स प्रस्तुतिसमेत रहने उक्त कार्यक्रम बिहानको १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिने समितिका सचिव प्रवेश मिभकले बताउनुभयो ।
कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राई, उपाध्यक्ष दिनेश पौडेललगायतको उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय