पथरी, कामना सेवा विकाश वैंक पथरी शाखाले  जनता मावी पथरीशनिश्चरे ३ लाई वाटर फिल्टर प्रदान गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बैंकका विराटनगर क्लस्टर हेड राम चन्द्र राई र पथरी शाखा प्रमुख राजेश कुईकेलले फिल्टर हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बोल्दै बैंकका विराटनगर क्लस्टर हेड राम चन्द्र राईले बैंकले आफ्नो सामािजक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न समयमा समुदाय स्तरमा विभिन्न सामाग्रहरु सहयोग गर्ने गरेको र सोहि कार्यलाई निरन्तरता दिदै जनता माविलाई फिल्टरर सहयोग गरिएको बतए ।

वाटर फिल्टरले विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थिहरुलाई शुद्ध पिउने पानी पिउनका लागि सहज हुने विश्वस व्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक पदम प्रसाद सापकोटाले कामना सेवा विकाश बैंकले गरेको सहयोग सह्रायिन रहेको र बैंकका तर्फ बाट भएको यस किसिमका कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कामना सेवा विकाश वैंकका विराटनगर क्लस्टर हेड राम चन्द्र राई, पथरी शाखा प्रमुख राजेश कुईकेल, विद्यालयका प्रधानध्यापक पदम प्रसाद सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्दराज दंगाल लगायतको उपस्थिति रहेको थियो ।

देशभर १३५ शाखा कार्यलय मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कामना सेवा विकाश वैंकले २०७६ सालमा पथरीमा शाखा खोली सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय