उर्लाबारी । मोरङको मिक्लाजुङमा होली हंगामा कार्यक्रम हुने भएको छ ।
मैथिली सेवा समाज मिक्लाजुङले मधुमल्लामा यही फागुन २३ गते होली हंगामा कार्यक्रम गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । सद्भावको पर्वको रुपमा रहेको होली सांगितिक कार्यक्रमसहित आयोजना गर्न लागेको आयोजक समितिका अध्यक्ष राजु साहले जानकारी दिनुभयो । कार्यक्रममा गायक ताराप्रकाश लिम्बू, प्रब्य व्याण्ड पूर्वाञ्चल बेलबारी र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने उहाँको भनाई छ । मधुमल्लाको भगवती माबि अगाडि आयोजना हुने होली हंगामा कार्यक्रममा करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कोषाध्यक्ष चन्दन साहले जानकारी दिनुभयो । होली कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरी रहेको सचिब सुमन दास तत्माले बताउनुभयो । सद्भाव र एकताको रुपमा होली कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ ।
ADVERTISEMENT