उर्लाबारी । नेपाली कांग्रेसका स्वर्गिय नेता शुवर्ण शमशेरको ११३ औँ जन्मजयन्तीको अवसरमा उर्लाबारीमा विचार गोष्ठी कार्यक्रम गरिएको छ ।
बुधबार नेपाली कांग्रेस उर्लाबारी वडा नम्वर ३ को आयोजनामा कांग्रेसका संस्थापक नेता शमशेरको सम्झनामा थापा चोकस्थित दुर्गा मन्दिरको सभाहलमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अथिती नेपाली कांग्रेस प्रदेश-१ का सहमहामन्त्री खड्ग फागोले नेपाली कांग्रेसको स्थापनामा शमशेरको महत्वपुर्ण योगदान रहेको बताए । उनले वि.सं.२००३ सालमा नेपालमा काँग्रेस स्थापना गर्न विपी कोईरालासँग सहकार्य गरेर शमशेरले २००७ सालमा नेपालमा राणा शासनको अन्त्य गर्न योगदान पुर्याएको बारे चर्चा गरे ।
विचार गोष्ठी कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी गोमा नेपाल, बानु सुव्वा, प्रदेश १ (क) उप सभापति लोलिम पोमु लिम्बू, उर्लाबारी नगर समितीका कार्यबहाक सभापति राजन रायमाझी, उर्लाबारी वडा नम्वर ३ का पुर्व वडाअध्यक्ष गञ्जबहादुर कार्की , पुर्व वडा सदस्य रामप्रसाद तिम्सीना(सोम), कांग्रेसका क्षेत्रिय प्रतिनिधी रेशबहादुर कट्वाल, भिम थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाली कांग्रेस वडा नम्बर ३ का सभापति रोहित कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन वडा समिती सचिव प्रदिप संग्रौलाले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय