उर्लाबारी । नेकपा (माओवादी केन्द्र) भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उर्लाबारी क्याम्पस कमिटीले हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।
आज क्याम्पस परिसरमा हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । विद्यार्थीको चेतना स्तर सधैं उच्च, सिर्जनशिल हुनु पर्नेमा जोड दिँदै अखिल क्रान्त्रिकारीले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा बिएड दोस्रो बर्षमा अध्यनरत कहना विश्वकर्मा, हेमन्त पोखरेल र सावल लिम्बूको टिम प्रथम हुनुभयो । उहाँहरुले नगद ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र जित्न सफल बन्नुभयो । त्यस्तै, बिबिएस दोस्रो बर्षमा अध्यनरत सञ्जय बुढाथोकी, विजय माखिम लिम्बू र लक्ष्मी श्रेष्ठको समूह दोस्रो बन्नुभयो । उहाँहरुले नगद २ हजार ५ सयसहित प्रमाण पत्र पाउनुभयो । त्यस्तै, बिबिएस तेस्रो बर्षमा अध्यनरत दिपेन थापा, समिक्षा घिमिरे र दिलसा धिमाल तेस्रो हुनुभयो । उहाँहरुले नगद २ हजारसहित प्रमाणपत्र हात पार्नुभयो । अखिल क्रान्त्रिकारी उर्लाबारी बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष थानेश्वर अधिकारी (आकाश) को सभापतिवमा भएको उक्त कार्यक्रममा प्रदेश नं. १ का अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा उर्लाबारी बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पुष्प ढकाल, उपाध्यक्ष विशाल आङ्देम्बे, सदस्यहरु गजेन्द्र दंगाल, रमेश श्रेष्ठ, अखिल क्रान्किारी मोरङ संयोजक नगेन्द्र घिमिरे, वाइसीएलका केन्द्रीय सदस्य दिपक आले मगर, उर्लाबारी संयोजक हरिशचन्द्र दुराल, प्रेस सेन्टर पूर्वी शाखा अध्यक्ष सरोज बस्नेत, युवा देबेन्द्र तामाङ, अनेरास्ववियू उर्लाबारी बहुमुखी क्याम्पस कमिटी अध्यक्ष गौतमबद्ध तामाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सचिब दिपेन बराईलीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय