उर्लाबारी, उर्लाबारीेका संस्थागत, सामुदायिक तथा धार्मिक विद्यालयका लागि ‘इमस सफ्टवयेर’ संचालन क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
नगरपालिकाको सभाहलमा मंगलबारबाट सुरु तालिमको उर्लाबारी नगरपालिकाका कार्यवहाक मेयर तिलक पाण्डेले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख मुरारी घिमिरे, लेखा अधिकृत गोविन्द कार्कीलगायतको आतिथ्यता रहेको थियो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनाका भएको तालिममा ६० विद्यालयका प्रतिनिधिको सहभागिता रहेको छ ।
शिक्षा शाखा प्रमुख अशोक घिमिरेका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्णय अनुसार देशैभरिका विद्यालयमा इमस (iemis) सफ्टवयेर लागु भइसकेको अवस्था छ । यसमा शिक्षक, विद्यार्थी, विद्यालयको भौतिक अवस्थालगायतको विवरण राख्ने, परिमार्जित गर्ने काम हुन्छ । यस्तै, कक्षा ८ को परीक्षालगायत, पीएमटी (विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम) समावेश गरिएको छ ।
प्रमुख घिमिरेका अनुसार इमस सफ्टवयेर विभाग, शिक्षा विकास तथा समन्वय इकाइ जिल्ला र स्थानीय तहबाट विवरण हेर्न र परिमार्जन गर्न सकिने छ ।
फागुन १९ गते समापन गरिने तालिममा सामुदायिक र धार्मिक विद्यालयका प्रतिनिधिलाई १६ र १७ गते तथा संस्थागतलाई १८ र १९ गते सहजीकरण गरिने शिक्षा शाखामा कार्यरत कमल गौतमले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय