
उर्लाबारी । कृषिमा स्वरोजगारी–समृद्ध उर्लाबारी भन्ने नाराको साथ मोरङको उर्लाबारीमा आज सरोकारवालासँग कृषि विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
उर्लाबारी नगरपालिकाको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा उर्लाबारी नगरक्षेत्रका अगुवा कृषकहरुका साथै जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । उर्लाबारी नगरपालिकाका कार्यवाहक नगरप्रमुख तिलक कुमार पाण्डेको अध्यक्षतामा भएको अन्तरक्रियामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले सहजीकरण गर्नुभएको थियो । उद्योग,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता पशुपति पोखरेललगायत कृषि विज्ञहरुको उपस्थितिमा भएको उक्त अन्तरक्रियामा कृषि क्षेत्रको विकासका सम्भावनाका बारेमा ब्यापक छलफल भएको थियो । कार्यक्रम सञ्चालन नगरपालिका कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुईटेलले गर्नुभएको थियो ।