
उर्लाबारी । उर्लाबारी–इटहरा सडक खण्डको उर्लाबारी–८ को खाइबा चौकमा सवारी दुर्घटनामा परी गम्भिर घाइते भएका खगिन्द्र धिमाल (सम्भु) को उपचारका लागि ३३ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।
खाइवाचोकको घुम्तीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–९ दुर्गापुरीका धिमाल गम्भीर घाइते हुनुभएको थियो । आर्थिक अवस्था कमजोर भएका धिमालको उपचारमा समस्या भएपछि उर्लाबारी–७ स्थित फिटनेस ग्रुपले १० हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, उर्लाबारी–२ निवासी नेपाली कांग्रेसका नेता चिरञ्जीवि थापाले १० हजार, उर्लाबारी–८ का कञ्चन फम्वोहाङ लिम्बू तथा लक्ष्मण गुरुङले १० हजार, सोभा लिम्बू, विविका लिम्बू, रुपा धिमाल, उषा राई, हस्ता लिम्बूको समूहले ३ हजार सहयोग प्राप्त भएको छ ।
संकलित सो रकम आइतबार फिटनेस ग्रुप उर्लाबारी–७ की सञ्चालिका सरस्वती कार्की श्रेष्ठ, गीता थापा र नानु लिम्बूले घाइतेका बुवा जयपति धिमाललाई हस्तान्तरण गर्नुभयो । छोरा सम्भुको विराटनगरस्थित आर्या न्युरो हस्पिटलमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । सञ्चारकर्मी तथा अभियान्ता घनश्याम भण्डारीले सबै सहयोगी मनहरुले घाइतेको उपचारमा सहयोग गर्न अपिल गर्नुभयो । ओम नारायण धिमाल नाम गरेको प्रभु बैंकको १७३०१७९६३११०००१४ खाता नम्बर र फोन नम्बर ९८१९०४८२७१ गरेर सहयोग गर्न सक्नुहुने परिवारले जनाएको छ ।