उर्लाबारी । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीको अधिवेशनले नयाँ नेतृत्व छान्न सकेन ।
उर्लाबारी–३ स्थित नेकपा एमाले उर्लाबारी नगर कमिटीको कार्यालयमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्न नसकेको हो । अध्यक्षमा नविन थापा, नितम चौहान र विशाल गुरुङको दाबी रहेको छ । तीनै जनाले दाबी नछोडेपछि नेतृत्व चयन हुन नसकेको बताइएको छ । थापा र चौहानमध्ये अध्यक्ष बन्ने सम्भावना रहेको एमाले स्रोतले जानकारी दिएको छ । दुबै जनाले सशक्त दाबी गरिरहेको बताइन्छ । उपाध्यक्षमा दुई जनाको दाबी छ । सचिबमा हेमन्त थापा र सह–सचिबमा मनिष भट्टराईलगायत सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय