
उर्लाबारी । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीको अधिवेशन आज हुँदैछ ।
आज विहान ११ बजे उर्लाबारी–३ स्थित नेकपा एमाले उर्लाबारी नगर कमिटीको कार्यालयमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । अध्यक्षमा नविन थापा, नितम चौहानलगायतको दाबी रहेको छ । थापा र चौहानमध्ये अध्यक्ष बन्ने सम्भावना रहेको एमाले स्रोतले जानकारी दिएको छ ।