
पथरीशनिश्चरे, मोरङ पथरीशनिश्चरे ५ र ६ मा ६५ दिने वेसिक सिलाइकटाई तालिमको उद्घाटन भएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि नगर उपप्रमुख देवीमाया काफ्लेको हातबाट उद्घाटन भएको हो ।्
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत लघु उद्यम विकाश शाखाको आयोजनामा संचालन भएको कार्यक्रममा प्रमु अथिति नगरका उपप्रमुख देवीमाया काफ्ले, अथितिहरु कार्यपालिका सदस्य तुलसा कार्की, ५ नम्बर वडा सदस्य विना परियार,विनयराज तिम्सिना, दिलबहादुर मगर,निर्मला खड्काको उपस्थिति रहेको थियो ।
कल्पना कटुवालले संचालन गरेको कार्यक्रमलाई पथरीशनिश्चरे ५ का वडा अध्यक्ष चेतेन्द्र खड्काले अध्यक्षता गर्नुभएको थियो ।