
उर्लाबारी ११ फागुन ।उर्लाबारी नगरपालिका वडा नं ४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा फराकिलो खेल मैदान बन्ने भएको छ।क्याम्पस पछाडिको खाली जग्गामा खेल मैदान बनाउन लागिएको क्याम्पस अध्यक्ष पुष्पलाल ढकालले जानकारी दिएका छन् ।क्याम्पसले अाफ्नो क्षेत्रमा काँडेतार लगाइसकेको क्याम्पस प्रमुख बेधराज भट्टराईले बताएका छन् ।उक्त मैदानको उर्लाबारी नगर प्रमुख गंगा प्रसाद खरेल सहित क्याम्पस समितिले स्थलगत अनुगमन गरिसकेको सहायक क्याम्पस प्रमुख खेम कार्कीले जानकारी दिएका छन् ।