पुजन दास
उर्लाबारी । नेकपा (माओवादी) केन्द्र भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उर्लाबारी बहुमुखी क्याम्स इकाई कमिटीका अध्यक्ष थानेश्वर अधिकारी(आकाश) ले विद्यार्थीहरुको सर्वोत्तम हितका लागि आफु स्ववियु सभापतिको उम्मेद्वार बन्ने बताउनुभएको छ ।
आज पूर्वी कमाण्ड मिडियासँग कुराकानी गर्दै आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आफु सभापतिको उम्मेद्वार बन्ने बताउनुभएको हो । उर्लाबारी बहुमुखी क्याम्पसका तमाम विद्यार्थीहरुको समस्या अखिल (क्रान्तिकारी) ले बुझेका कारण यस पटक त्यसलाई सशक्त रुपमा उठान गर्दै समाधान गर्नका लागि आफुले स्ववियु सभापतिमा दाबी रहेको उहाँले जानकारी दिनुभयो । पद ओगट्नका लागि नभई विद्यार्थीहरुको हकहितका लागि निरन्तर लागि पर्ने उहाँको भनाई छ । अखिल (क्रान्तिकारी) बाट अधिकारीसँगै सरोज किरातीको पनि नाम चर्चामा छ भने सचिबमा दिपेन बराईली उम्मेद्वार बन्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय