उर्लाबारी । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको उर्लाबारी वडा नं. ४ बाहेक सबै वडामा नयाँ नेतृत्व चयन भएको छ ।
वडा नं. १ मा निरोज श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन भएको छ भने वडा नं. २ मा सक्षम भण्डारीको अध्यक्षतामा २७ सदस्यीय, वडा नं. ३ मा लालबहादुर राईको अध्यक्षतामा ३१ सदस्यीय, वडा नं. ५ मा सुजन चम्लागाईँको अध्यक्षतामा २७ सदस्यीय, वडा नं. ६ मा सुरज अधिकारीको अध्यक्षतामा २१ सदस्यीय, वडा नं. ७ मा सन्दिप मगरको अध्यक्षतामा ५१ सदस्यीय, वडा नं. ८ मा विष्णु थापाको अध्यक्षतामा २७ सदस्यीय र वडा नं. ९ मा विष्णु गिरीको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन भएको नगर अध्यक्ष योगेश बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं. ४ को अधिवेशन चाहिँ फागुन ९ गते हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको नगर अधिवेशन फागुन १३ गते शनिबार हुने अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय