उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित महारुद्र शिवालय मन्दिरमा शनिबारदेखि संगीतमय कूर्म महापुराण धनधान्याचल विराट सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
फागुन १३ गतेसम्म सञ्चालन हुने महायज्ञमा आचार्य गायत्रीप्रसाद दाहालले कथा प्रवचन पण्डित निलकण्ठ घिमिरेलगायतबाट पाठपारायण हुने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिनुभयो । महायज्ञ उद्घाटन कार्यक्रममा मोरङ क्षेत्र नं. १ (१) का सांसद उमाकान्त गौतम, नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य बीरबल थापा, नेकपा माओवादी केन्द्र उर्लाबारी नगरअध्यक्ष गजेन्द्र दंगाललगायतको उपस्थिति रहेको थियो । महायज्ञमा दैनिक कथा वाचन, भजन किर्तन, झाँक्री प्रदर्शनलगायतका कार्यक्रम हुने सचिब नारादमणि नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय