
दमक । अखिल क्रान्तिकारी, दमक क्याम्पस इकाई कमिटीले बुधबार २८ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
दमक रेडक्रसको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३० प्रिन्ट रगत संकलन भएको जनाइएको छ । सो क्रममा निःशुल्क रक्त समुह परिक्षण कार्यक्रम समेत गरिएको छ । रगतको अभावका कारण कसैको मृत्यु नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।