विजय धिमाल

उर्लाबारी / उर्लाबारी इटहरा राेड खाइवाचाेककाे घुम्तिमा बाइक अनियन्त्रित हुँदा उर्लाबारी—९ दुर्गापुरीका खगिन्द्र धिमाल (सम्भु) गम्भीर घाइते भएका छन् ।
उनको उर्लाबारी देखि दुर्गापुरी घर फर्किने क्रममा माघ १९ गते दुर्घटना भएकाे थियो । घाइतेकाे उपचार भने बिराटनगर न्युराेमा उपचार भइरहेको छिमेकी श्रीप्रसाद धिमालले जानकारी दिए ।जसाेतसाे परिवारसँग भएकाे रकम र सरसापट गरी हाल सामान्य उपचार गरिरहेको उनले बताए ।
खगिन्द्रको टाउकाेमा गम्भिर चोट लागेको र छातिको करङ्ग भाँचिएकाेले तत्काल अप्रेसन गर्नुपर्ने डाक्टरले सुझाव दिएका छन् । डाक्टरहरुको भनाई अनुसार उनको बाँच्ने सम्भावना रहेकाे छ । तर परिवारसँग उपचार खर्च नभएर अस्पतालमा सहयोगी हातहरु खोजीरहेको उनको परिवारले बताएको छ ।
सम्भुको नाजुक आर्थिक अवस्था भएकाेले स्वदेश तथा विदेशमा रहेका आफन्त, साथिभाई तथा स्थानीय छरछिमेकीसँग सम्भुकाे उपचारकाे लागी रकम संकलन गर्ने तयारी रहेको परिवारले बताएको छ ।
उनको उपचारकाे क्रममा न्युराेमासँगै रहेकाे घाइतेकाे काइला दाइ ओम नारायण धिमाल रहेका छन् । आफ्नो भाइकाे उपचारकाे लागि स्वदेश तथा विदेशमा रहेका आम नेपालीमा सहयाेगकाे याचना गरेकाछन ।
उनले सकेकाे सहयाेग गरिदिए भए भाईकाे ज्यान बचाइदिन सक्नुहुन्छ भन्दै सबै नेपालीहरुमा सहयोगको अपिल गरेका छन् ।
सहयोगी मनहरुले ओम नारायण धिमाल नाम गरेकाे प्रभु बैङ्ककाे १७३०१७९६३११०००१४ खाता नम्बरमा रकम जम्मा गरी सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय