
उर्लाबारी । मोरङको उर्लाबारीमा वाक टु टक कार्यक्रम गरिएको छ । आज उर्लाबारी नगरपालिका र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त आयोजनामा वाक टु टक कार्यक्रम गरिएको हो । उर्लाबारी नगरपालिकाबाट सुरु भएको उक्त कार्यक्रम उर्लाबारी नगर परिक्रममा गरिएको छ । उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनादेवी खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, अधिकृत मुरारी घिमिरे, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययरत विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख गंगाप्रसाद खरेलले स्वास्थ्य नै धन भएको बताउनुभयो । त्यस्तै, कार्यक्रममा सामाजिक अभियान्ता रुद्रबहादुर तामाङले दैनिक ब्यायामको आवश्यक रहेको औलाउनुभयो ।
त्यस्तै, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा. धरणीधर बरालले उर्लाबारी नगरपालिकाको स्वास्थ्य अवस्थामा बारेमा संवेक्षण गरिरहेको र सोही क्रममा वाक टु टक कार्यक्रम गरिएको जानकारी दिनुभयो ।