
उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का १ सय ५० परिवारलाई फाइबरको सिरक वितरण गरिएको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं. ८ र नेपाल राष्ट्रिय राहत सेवाको संयुक्त साझेदारीमा बुधबार १ सय ५० जनालाई फाइबर सिरक न्यानो कपडा वितरण गरिएको हो । सो वडाका आर्थिक रूपले विपन्न र ज्येष्ठ नागरिकहरूलाई फाइबरको सिरक वितरण गरिएको वडाध्यक्ष पूर्णबहादुर कुवँर (प्रवेश) ले जानकारी दिनुभयो । आर्थिक रुपमा विपन्न समूदाय र जेष्ठ नागरिकहरुलाई जाडोबाट बचाउनका लागि न्यानो अभियान कार्यक्रम अन्तरगत फाइबरको सिरक वितरण गरिएको उहाँको भनाई छ ।
जाडोको समयमा सिरक पाउँदा आफुहरूलाई सहायता पुगेको स्थानीय भक्तबहादुर नेपालीले बताउनुभयो ।
वडा कार्यालयसँग समन्वय गरेर जेष्ठ नागरिक तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्न पाउँदा खुसी लागेको नेपाल राष्ट्रिय राहत सेवा आपतकालीन प्रतिकार्य तथा सम्पर्क अधिकृत रिउबेन शर्माले बताउनु भयो ।