उर्लाबारी । मोरङको उर्लाबारीमा स्थापित सप्तकोशी इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ ।
विद्यालयका संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराईले खेलकुद सप्ताहको आज उद्घाटन गर्नुभएको हो । एक सातासम्म सञ्चालन हुने खेलकुद सप्ताहमा प्रिप्राइमरी, कक्षा १–३, कक्षा ४–६, कक्षा ७–९ र कक्षा ११–१२ को अलग अलग समूहमा खेल खेलाइने छ । कक्षा ४ देखि ९ सम्मको अन्तर सदनात्मक खेल हुने जनाइएको छ ।
खेलकुद सप्ताहमा बेलुन ब्रेक, चक्लेट टिप्ने, हिसाब दौड, क्विज, भलिबल, फुटबल, फुटसल, खो खो, कबड्डी, ५० मिटर, १०० मिटर, २०० मिटर दौड, रिले दौड, व्याडमिन्टन, चेस, कविता, एकल नृत्यलगायत प्रतियोगिता सञ्चालन हुने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिश्र वैजयन्तीले जानकारी दिनुभयो । विद्यार्थीको चौतर्फी विकासमा यस प्रकारका खेलकुदका कार्यक्रमले सहयोग पु¥याउने उहाँले बताउनुभयो । उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले मार्चपासका साथै नृत्य प्रस्तुत गरेका थिए । पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिँदै आएको सप्तकोशी बोर्डिङले वर्षेनि खेलकुद सप्ताह कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्षको खेलकुद सप्ताह अन्तर्गतका खेल सकिएपछि पुरस्कार वितरण गरिने संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिनुभयो । २०५० सालमा स्थापना भएको विद्यालयमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । यहाँ करिब १ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय