
बिराटनगर, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वहाँले धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको तर यातायातको पहुँच कम भएको पहाडी जिल्ला ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समय समयमा लामो तथा छोटो गस्ति निकाली आम नागरिकहरुको सुरक्षार्थमा खटिन तथा बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी नागरिकहरुलाई शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो ।
साथै बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालनगरी आम नागरीकहरुमा सचेतना फैलाउनुका साथै सेवाग्रहीसँग समान व्यावहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न समेत निर्देशन दिनु भयो ।