
रतुवामाई । मोरङको रतुवामाई नगरपालिकाको नगर प्रबक्ताको जिम्मेवारी वडा नंं. १० का अध्यक्ष भुलबहादुर कार्की (आशिष) लाई दिईएको छ ।
नगर प्रमुख नागेश्वरप्रसाद सिंहको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले कार्कीलाई नगर प्रबक्ताको जिम्मेवारी दिएको हो । नगर कार्यपालिकाबाट हुने आधिकारिक जानकारी एवम् निर्णयहरु नगर प्रबक्तामार्फत सार्वजनिक गर्ने गरिन्छ ।