उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित पाथीभरा पञ्चकन्या देवी मन्दिरको दशौं वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिएको छ ।
साधारणसभाको अवसरमा जग्गादाता, नगद दानकर्ता, गेट निर्माणकर्तालगायतलाई अभिनन्दन गरिएको हो । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र गुरागाईँले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने मेदिनी कडरियाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय