
उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको उर्लाबारी जेसीजले पूर्णता पाएको छ ।
उर्लाबारी जेसीजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएसँगै उर्लाबारी जेसीज सन् २०२३ को समितिले पूर्णता पाएको हो । उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा उर्लाबारी जेसीज सन् २०२२ का अध्यक्ष तारानाथ दाहालले सन् २०२३ का अध्यक्ष सीताराम ओझालाई पद हस्तान्तरण गर्नुभयो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेल, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, जेसीजका केन्द्रीय पदाधिकारी, विभिन्न शाखाका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
सन् २०२३ का अध्यक्ष सीताराम ओझाले आफ्नो टिमलाई पूर्णता दिँदै सपथ गराउनुभयो । ओझाले समितिको महासचिवमा नवीन श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप पौडेल, कानुनी सल्लाहकारमा रञ्जित श्रेष्ठ र सचिवमा रोशन घिमिरेलाई मनोनयन गर्नुभयो ।