
उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित अरनिको हस्पिटल प्रा.लि.ले पूर्वी कमाण्ड मिडिया प्रा.लि.का अध्यक्ष सरोज बस्नेतसहित आधा दर्जनलाई सम्मान गरेको छ ।
नवौं वार्षिक साधारणसभाको अवसरमा आज श्रीसगरमाथा साकोसको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतसहित उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्ग फागो, नमूना बाल गृहकी अध्यक्ष मीना बराल, मूर्तिकार मञ्जुल मितेरी, राजघाट स्वास्थ्य चौकीका प्रमुख सन्दिप नेयोङ्ग र पूर्वज्योति साप्ताहिकका सम्पादक जगन्नाथ भट्टराई सम्मान गरेको छ । सम्मानितहरुलाई प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । उर्लाबारीको नाम देश विदेशमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हस्पिटलका अध्यक्ष लोलिम पोमूले बताउनुभयो ।