
मेचीनगर, मेचीनगर–४, बाहुण्डाँगी स्थित नेपाल भारत बोर्डर छेउमा डिउटी कै समयमा सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीले अमर्यादित कार्य गरेको भिडियो प्रसारण तथा प्रकाशन गरेको बिषयमा प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल र सदस्य खगेन्द्र घिमिरेलाई दिएको धम्कीप्रति प्रेस क्लब मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकारले सञ्चार माध्यममा प्रकाशित÷प्रसारित गरेको भिडियो फुटेज कै आधारमा सम्बन्धित प्रहरी माथि विभागीय कारवाही हुनुले समेत उक्त समाचार सान्दर्भिक र तथ्यगत रहेको पुष्टि गरिसकेको छ । सोही सन्दर्भलाई लिएर सञ्चारकर्मी घिमिरेलाई प्रत्यक्ष टेलिफोनमार्फत गालि गलौज गर्ने, सञ्चारकर्ममा खटिएकै बखत ज्यान मार्ने सम्मको धम्की दिनुले संविधानले नै सुनिश्चत गरेको प्रेस स्वतन्त्रता माथि नै ठाडो हस्तक्षेप भएको छ । समाचारमा चित्त नबुझे उजुरी गर्ने निकाय हुँदाहुँदै फेसबुकमा मानहानि हुने गरी पत्रकारको विरुद्धमा धम्की दिने एवम् बाहुण्डाँगी युवाको नाममा गलत कार्यको पक्षधर बन्दै युवाकै बदनाम हुने गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको निवेदनले सम्बन्धित युुवा माथि नै आशंका र प्रश्न खडा गरेको छ ।
प्रेस क्लब मेचीनगर, पत्रकार घिमिरेलाई ज्यान मार्नेसम्मको धम्की दिने सम्बन्धित ब्यक्तिलाई तत्काल पव्रmाउ गरी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं । साथै क्लबका पूर्व अध्यक्ष पौडेललाई समेत मानहानी हुने गरी गरेको बक्तब्य बाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । क्लब, प्रेस स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनको लागि सञ्चार माध्यम र सञ्चारकर्मीलाई भयरहित वातावरणमा समाचार संकलन र संप्रेषणको व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गर्दै पत्रकारको सुरक्षामा गम्भीर बन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछ ।