उर्लाबारी । उर्लाबारीमा रहेका क्रियासिल राजनितिक दलले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी बनाएको जारी श्रद्धाञ्जली नोटमा उल्लेख छ । दलहरुले दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन । नेपाली कांग्रेसका कार्यबाहक नगर सभापति राजन रायमाझी,नेकपा एमालेका नगर अध्यक्ष गंगा बाँस्तोला,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल,नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष डिबि थापा,राप्रपाका नगर अध्यक्ष देबिप्रसाद दाहाल,जसपाका नगर अध्यक्ष मात्रिका धिमालले समबेदना व्यक्त गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय