
उर्लाबारी । वाणिज्य संकायको चार वर्षे स्नातक चौथो वर्षको परिक्षाफल मा उर्लाबारी स्थित मोरङ्ग मोडल कलेजले सदा झैँ यस वर्ष पनि उत्कृष्ट सफलता हाँसिल गरेको छ ।
कलेजले यसपटक ९५ प्रतिशत विद्यार्थीहरुलाई उत्तीर्ण गराएर उक्त सफलता हाँसिल गरेको कलेजका प्रबन्धक निर्देशक यादव भण्डारीले जानकारी दिनुभयो । कलेजबाट ३४ जना विद्यार्थीहरु उत्कृष्ट नतिजा हाँसिल गरि उत्तिर्ण भएका छन् । कलेजकी छात्रा सुनिता अधिकारी ७२.२५ नतिजा प्राप्त गरी व्याच टपर हुनुभएको छ ।
त्रिविले गतवर्ष पुष–माघ महिनामा लिएको चौथो वर्षको वार्षिक परिक्षामा उक्त कलेजबाट ३६ जना विद्यार्थीहरु सहभागी भएका थिए । निर्देशक भण्डारीले कलेजको नतिजा प्रदेश नम्बर १ मै उत्कृष्ट भएको दावी गर्नुभएको छ ।