धनकुटा । धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ । शुक्रबार साँझदेखि भएको आगलागी नियन्त्रणमा आएको हो ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवा बजारमा आगलागी भएको हो । बाक्लो बस्ती भएकाले आगो अन्यत्र फैलिन नदिन स्थानीयवासी र प्रहरी टोलीका साथै दमकलहरू परिचालन गरिएका थिए ।
छथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिसीका अनुसार आगो निभाउन धनकुटा नगरपालिका र लालीगुराँस नगरपालिकाका दमकल खटिएका थिए । सन्तोष राई, झमक थापा, होम बहादुर थापा, अर्जुन घिमिरे र जिग बहादुर खड्काको घरमा आगलागी भएको जनाइएको छ । आगालागीबाट सन्तोष राई र झमक थापाको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अन्य तीनवटा घरमा आंशिक क्षति भएको छ । क्षतिका बारेमा यकिन भइनसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय