उर्लाबारी । प्रदेश नं. १ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कान्छा ज्वाइँ जीवन आचार्यलाई मन्त्री बनाएपछि कार्यकर्ताहरु रुष्ट बनेका छन् ।
सोही क्रममा नेकपा माओवादी केन्द्र रतुवमाई नगर कमिटीका सचिव निलम खड्काले पदबाट राजीनामा दिनुभएको छ । पार्टीमा लामो समयदेखि योगदान गरेका नेता गणेश उप्रेतीलाई ‘प्रचण्ड’ का कान्छा ज्वाइँ आचार्यलाई प्रदेश १ को मन्त्री बनाएपछि उहाँले राजीनामा दिनुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गर्दै नातावाद र चाडकीका भरमा पार्टी नेतृत्वले लामो समयदेखि योगदान गरेका नेतालाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
उहाँले आफ्नो फेशबुकमा यस्तो लेख्नुभएको छ

राजिनामा घोषणा सन्दर्भ मा….✊✊✊
नेकपा माओवादी केन्द्र को आज को कमजोर अवस्था आउनु मा नेतृत्व ले कहिले गल्ति / कमजोरि सुधार गर्ने छाँट-काँट देखाएन बारम्बार हरेक तहमा नाताबाद /चाकरिबाद हाबि भयो । बिसैं बर्ष योगदान र नेतृत्व गरेको ब्याक्ती समेत मुल नेतृत्व को परिवारबाद बाट पछि पर्नु माओवादी आन्दोलन को लाजमर्दो पक्ष हो । यस्तो अवस्था मा कमिटी मा बसेर नेतृत्व गर्नु मेरो राजनैतिक चेतना र नैतिकता ले मानेन यसर्थ म आजै को मिति बाट रतुवामाई नगरकमिटी को नगर सचिब पद बाट राजिनामा घोषणा गर्दछु । मलाई थाहा छ मेरो राजिनामा ले मुल नेतृत्व लाई कुनै फरक पार्दैन तथापि यो बिद्रोह को बिउ हो केहि मुद्दा मा असहमति बाहेक अजैपनि नेतृत्व प्रति बिस्वास कायम छ । यो बिस्वास बडेर जाओस फेरि हामि जस्ता बिद्रोह गर्ने पार्टी कमिटी मा फर्केर काम गर्ने बाताबरण बनोस । धन्यवाद ।।✊✊✊✊

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय