
उर्लाबारी । पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा मोरङको उर्लाबारीमा रक्तदान कार्यक्रम गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारी नगर समितिद्वारा बुधबार आयोजित रक्तदान कार्यक्रममा ६८ पिन्ट रगत संकलन भएको हो । कार्यक्रममा १५ महिला र ५३ पुरुषले रक्तदान गरेको राप्रपा महिला नगर समितिकी अध्यक्ष निरुपा निरौलाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी शाखा उर्लाबारीको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको प्रदेश सदस्य पुर्ण वाइवाले बताउनुभयो ।