उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित मोरङ मोडल कलेजले निः शुल्क बृहत स्वास्थ्य शिबिर गर्ने भएको छ ।
गोदावरी हस्पिटल प्रा.लि. उर्लाबारीको प्राविधिक सहयोगमा आगामी माघ ८ गते बृहत स्वास्थ्य शिबिर गर्ने भएको हो । नाक, कान, घाँटी सम्बन्धि डा. सूर्यनारायण साह, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.मनोजकुमार साह, वरिष्ठ सर्जन डा.प्रमोद गुरुङ, फिजिसियन डा. शिवकुमार साह, भिडियो एक्स रे सेवा डा.किशोरकुमार पौडेल, छाला, यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा. अनिल तिमल्सिना, बाल रोग विशेषज्ञ डा. सुविन कर्ण, स्त्रीरोग विशेषज्ञ डा.ममता पण्डित र दन्त रोग विशेषज्ञ डा. लेकिन कोइरालाको सेवा रहने प्रबन्ध निर्देशक यादप भण्डारीले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको उहाँको भनाई छ । गुणस्तरीय शिक्षासँगसँगै सामाजिक कार्यमा पनि मोरङ मोडल अग्रसर भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय