
मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई सम्मान गरिएको छ ।
उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिरले शनिबार सांसदहरुलाई सम्मान गरेको हो । मन्दिरले २३ औं वार्षिक साधारणसभाको अवसरमा प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बु, प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वा र विद्या चाम्लिङलाई सम्मान गरेको छ । लिम्बू र चेम्जोङ कांग्रेसबाट सांसद बन्नु भएको हो भने चाम्लिङ नेकपा एकीकृत समाजवादीबाट बन्नु भएको छ । प्रदेशसभा सदस्यमा निर्वाचित उमाकान्त गौतमलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको भएपनि उपस्थिति नभएको आयोजकले जनाएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार रिजालको अध्यक्षतामा सो सभा सम्पन्न भएको थियो ।