उर्लाबारी । नेपाली कांग्रेस मोरङको सल्लाकार सदस्यमा उर्लाबारी–७ की सीता कार्की मनोनित हुनुभएको छ ।
नेपाली कांग्रेसको विधान २०१७ आठौं संसोधित विधान बमोजिम कार्कीलाई सल्लाकार सदस्यमा मनोनित गरिएको हो । नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत भइसक्नु भएकी कार्की सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ । २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बन्दै झिनो मतले पराजित बन्नु भएको थियो । स्थानीय तहको निर्वाचनमा पराजित भएपनि कार्की निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय