उर्लाबारी । न्यानो अभियान कार्यक्रम अन्तरगत उर्लाबारी वडा नं.१ को नुनसरी आधारभुत विद्यालयका विद्यार्थीहरूलाई स्वीटर वितरण गरिएको छ ।
आज नरमाया हस्तकला उद्योग उर्लाबारी–७ र सामुदायिक बिकास मञ्चको संयुक्त आयोजनामा ५५ जनालाई न्यानो कपडा स्वीटर वितरण गरिएको हो । उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेल, नेपाली कांग्रेसकी नेतृ सीता कार्की, उर्लाबारी–५ की वडा सदस्य देवीकला राई, ६ की सदस्य दुर्गावती लिम्बू, नरमाया हस्तकला उद्योग उर्लाबारी–७ की सञ्चालिका नरमाया खनाल दंगाल(बालकुमारी), खगेन्द्र दंगाल, सामुदायिक बिकास मञ्चका अध्यक्ष प्रेम बोहोरा, पूर्वअध्यक्ष ढुण्डुराज भट्टराई, सहसचिब निर्मला नेपाललगायतले विद्यार्थीहरुलाई स्वीटर हस्तान्तरण गर्नुभएको छ । आर्थिक अभावका कारण बालबालिकाहरु विद्यालय जानबाट बञ्चित हुनु नपरोस् भनेर स्वीटर वितरण गरिएको अध्यक्ष प्रेम बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय