विराटनगर । झापामा ट्याक्टरको ठक्करबाट केराबारी गाउँपालिका वडा नं ८ बस्ने २१ वर्षीय योसन लिम्बुको मृत्यु भएको छ

उनको बि एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ झिल्मिले पुलस्थित मेची राजमार्गमा २० प ३२७८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडी सवार १७ वर्षीय लिला श्रेष्ठ घाइते भएका छन् । उनको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि इलामको रोङ गाउँपालिका वडा नम्बर ४ बस्ने ३३ वर्षीय ट्याक्टर चालक डिल्ली बहादुर लेप्चालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय