
जीवन निरौला (किशोर)
मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा बालबालिकाहरुलाई नियमित खोप, पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि योजना बिषयक दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
मिक्लाजुङ गाउँपालिकाको आयोजनामा सोमबारबाट सुरु भएको दुई दिने अभिमुखीकरण कार्यक्रम भएको हो । मिक्लाजुङ गाउँपालिकालाई नियमित खोप सुदृढीकरण, पूर्णखोप र दीगोपनाका लागी सुक्ष्म योजना तथा सरसफाई प्रर्बधन प्याकेज पुर्णताजकी बिषयक अभिमुखीकरण कार्यक्रम सुरु भएको मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चिन्तामणी पोख्रेलले बताउनुभयो ।
अभिमुखीकारण कार्यक्रममा बोल्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले आजका बालबालिका भबिष्यका कर्णधार भएकाले बालबालिकाहरुलाई आवश्यक खोप कार्यक्रमलाई गम्भिरताका साथ नियमित रुपमा खोप संचालन गर्ने वातावरण सिर्जना गर्न निर्देशन दिनुभयो । खोप कार्यक्रम सञ्चालन गर्न केही समस्या भएमा समस्या समाधन गर्न पालिकाले पूर्ण सहयोग गर्ने अध्यक्ष राईले बताउनुभयो । दुई दिने अभिमुखीकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय मोरङका परिवारनियोजनका अधिकृत कनैया शाहले गरिरहनुभएको छ । दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा मिक्लाजुङ गाउँपालिकामा स्वास्थ्य संस्थामा कार्यरत ३४ जना स्वास्थ्य कर्मचारीको सहभागीता रहेको छ ।