उर्लाबारी । मोरङको उर्लाबारीमा यही माघ १९ देखि २८ गतेसम्म १० दिने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव – २०७९ हुने भएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुने भएको हो । पछिल्ला वर्षहरुमा उर्लाबारीमा औद्योगिक महोत्सव हुन छाडेको थियो । उर्लाबारीमा यस पटक महोत्सवलाई भव्यताका साथ सफल पार्न उद्योग वाणिज्य संघले तयारीलाई तिब्र पारेको सदस्य नुतन राईले जानकारी दिनुभयो । महोत्सवलाई सफल पार्न संघले सरोकारवालासँग सल्लाह तथा सुझाब लिने भएको छ । संघले मंगलबार नगरभित्रका सरोकारवाला निकाय, संघसंस्था लगायतसँग छलफल गर्ने संघका अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । महोत्सवलाई सफल पार्न तयारी तिब्र पारिएको संघका महासचिव हेमराज गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय