उर्लाबारी । मोरङको उर्लाबारी–८ स्थित बहादुर बाबा चौधरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको छ ।
सोमबार सामुदायिक विकास मञ्च उर्लाबारी र नरमाया हस्तकला उद्योग उर्लाबारी–७ को संयुक्त आयोजनामा ५५ जना विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको हो । उर्लाबारी वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की, उर्लाबारी नगरपालिकाकी पूर्व उपप्रमुख लक्ष्मीदेवी भण्डारी, नेपाली कांग्रेसकी नेतृ सीता कार्की, शोभितमाया तामाङ, सामुदायिक विकास मञ्चका अध्यक्ष प्रेम बोहोरा, पूर्वअध्यक्ष ढुण्डुराज भट्टराई, सहसचिब निर्मला नेपाल, नरमाया हस्तकला उद्योगकी सञ्चालिका नरमाया खनाल दंगाल, खगेन्द्र दंगाललगायतले विद्यार्थीहरुलाई स्विटर वितरण गर्नुभयो । आर्थिक अवस्था ज्यादै कमजोर भएका परिवारका सदस्य अध्ययरत सो विद्याललयका ५५ जना विद्यार्थीहरुलाई जाडोबाट बच्नका लागि सहज होस् भन्ने हेतुले स्विटर वितरण गरेको सामुदायिक विकास मञ्चका अध्यक्ष प्रेम बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय