उर्लाबारी । निःशुल्क फोटोकपी भन्दा आश्चर्य लाग्न सक्छ । तर, मोरङको मिक्लाजुङ गाउँपालिकाले सेवाग्राहीलाई निःशुल्क फोटोकपी गर्ने ब्यवस्था मिलाएको छ ।
मिक्लाजुङ गाउँपालिकाले आन्तरिक सहायता कक्ष सुचारु गरी सेवाग्राहीलाई निःशुल्क रूपमा निवेदन लेखन तथा फोटोकपी गर्ने ब्यवस्था मिलाएको हो । सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्न कर्मचारीहरुलाई गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले निर्देशनसमेत दिनुभएको छ । उहाँका अनुसार गाउँपालिकाले निःशुल्क रूपमा निवेदन लेखन तथा फोटोकपी गर्ने ब्यवस्था मिलाएको हो । निःशुल्क रूपमा निवेदन लेखन तथा फोटोकपी गर्ने ब्यवस्था गाउँपालिकाले मिलाएपछि सेवाग्राही खुशी देखिन्छन् । जनतालाई जनप्रतिनिधिको अनुभूति हुने गरी काम गर्ने जमर्को गरिरहेको गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय