
मधुमल्ला÷मोरङको मिक्लाजुङ गाउँपालिकामा आइतबार सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारी सम्बन्धी दियो परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो । पुस्तकालयले मिक्लाजुङ गाउँपालिकाका बिभिन्न वडाहरुमा क्यासकेट तालीम, सरोकारवालहरुसंगको बैठक, अन्तरकृया तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरेको थियो । आइतबार पुस्तकालयले यस सञ्चालित कार्यक्रम गरेका केही नव आगन्तुकहरुको उपस्थितीमा सार्वजनीक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
मिक्लाजुङ गाउँपालिकामा गत चैत्र बाट रिड नेपालको सहयोगमा लेखनाथ पुस्तकालय तथा वाचनालयले मिक्लाजुङ गाउँपालिका क्षेत्रमा सुरक्षित आप्रवासन सम्बन्धी परियोजना सञ्चालन भएको हो । आइतबार सोही अवधीमा भएको परियोजनाको प्रगती प्रतिवेदन सहित आय व्यय विवरण पुस्तकालयका सचिब पुरुषोत्तम बरालले प्रस्तुत् गर्नु भएको थियो ।
सामाजिक लेखा परिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अतिथी मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पुर्ण बहादुर कुवंरले रिड नेपाल र लेखनाथ पुस्तकालयको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रम उपयोगी र जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको र यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।
सामाजिक लेखा परिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अतिथि मिक्लाजुङ गाउँपालिका वडा नं. ९ का वडा सदस्य चुडामणी निरौलाले परियोजनाबाट सञ्चालीत कार्यक्रम सुरक्षित आप्रवासनका लागि धेरै महत्वपुर्ण रहेको बताउनु भयो । साथै यस प्रकारका कार्यक्रमहरुलाई ग्रामीण भेगका गाउँ तथा बस्तिहरुमा थप प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
पुस्तकालय बि.स. २०२६ साल देखी मधुमल्लामा स्थापना भएर अनौपचारीक शिक्षाको क्षेत्रमा कार्य गर्दै आएको पुस्तकालयका अध्यक्ष गोबिन्द बस्नेतले बताउनु भयो । साथै लेखनाथ पुस्तकालय सञ्चालन गरेका कार्यक्रमहरु मध्ये शुरक्षीत आप्रवाशन सम्बन्धी कार्यक्रम समुदाय स्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रयास पुस्तकालयले गरेको कार्यक्रमका अध्यक्ष बस्नेतले बताउनु भयो ।