उर्लाबारी । नेपाली साहित्य समाज उर्लाबारीले पूर्वका चार पुराना स्रष्टालाई शनिबार मोरङको उर्लाबारीमा सम्मान गरिएको छ ।
नेपाली साहित्य समाजले झापाको दमकका बरिष्ठ लोकगायक एलपी जोशी, झापा बिर्तामोडका शिवशंकर थापा, झापा गौरादहका सिताराम ताजपुरिया र मोरङ मिक्लाजुङका विशाल राईलाई सम्मान गरेको हो ।

उहाँहरुलाई कार्यक्रमकी प्रमुख अतिथि समाजकी पूर्व अध्यक्ष एवम् कवी मिश्र वैजयन्ती र समाजका अध्यक्ष यज्ञ परिश्रमीले गर्नुभयो । ८७ वर्षिय जोशी २०१३ सालदेखि, ७६ वर्षिय थापा २०२० सालदेखि, ६४ वर्षिय ताजपुरिया २०३७ सालदेखि र ६२ वर्षिय राई २०४६ सालदेखि लोकगायन, लेखन र कला क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ । उहाँहरुलाई दोसल्ला ओढाएर नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ । स्रष्टाहरुलाई सम्मान गर्दै कवि वैजयन्तीले नयाँ स्रष्टाले पूरानो स्रष्टालाई सम्मान गर्ने कार्यक्रम ऐतिहासिक भएको धारणा राख्नुभयो । समाजका अध्यक्ष यज्ञ परिश्रमीको अध्यक्षतामा भएको सो कार्यक्रममा सम्मानित व्यक्तित्वहरुको जीवनको बिविध पक्षसँग सम्बन्धित रहेर जिज्ञासा राखिएको थियो । उर्लाबारी नगरपालिकाको सहयोगमा आयोजित सो कार्यक्रममा विहानी कला केन्द्रले साँगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय