
उर्लाबारी । निजी विद्यालयको छाता संगठन नेशनल प्याब्सन (एनप्याब्सन) प्रदेश नं. १ को सपथ ग्रहण कार्यक्रम भएको छ ।
मोरङको विराटनगरमा सपथ ग्रहण कार्यक्रम भएको हो । प्रदेश नं. १ का अध्यक्ष राजन पौडेललगायत पदाधिकारी, सदस्यहरुलाई केन्द्रीय अध्यक्ष पाण्डव हमालले सपथ ग्रहण गराउनु भएको प्रदेश सदस्य दिपक न्यौपानेले जानकारी दिनुभयो । उक्ता कार्यक्रममा केन्द्रीय अध्यक्ष हमालले निजी विद्यालयहरुको हकहितमा प्रतिबद्ध भएर लाग्न नयाँ नेतृत्वलाई निर्देशन दिनुभयो ।