
उर्लाबारी । सामाजिक ब्यक्तित्व तथा नेपाली कांग्रेस उर्लाबारी–७ बाघखोर टोल सभापति रमला पोख्रेल निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित पोख्रेलको पौष ८ गते निधन भएको हो । पोख्रेलको आज झापाको कन्काई माईमा अन्तेष्टी गरिएको छ । मृतक पोख्रेलको पार्थिक शरिरमा नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले पार्टीको झण्डा ओढाउनु भएको थियो । सह–महामन्त्री फागोले पोख्रेलको असमायिक निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसकी नेता तथा प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले पनि पोख्रेलको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ ।